काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् । सन्दीपले आज ट्विट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
उनि १० दिनमा कोरोनामुक्त भएका हुन् । गएको साता सन्दीपलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका थिए।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। अहिले उनीहरु सबै कोरोना मुक्त भइसकेका छन् ।
आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि मध्यनजर गर्दै नेपाल क्रिकेट संघले गएको हप्तादेखि टिमलाई बन्द प्रशिक्षणमा राखेको छ ।