Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

म्याराडोनाप्रति गोल समर्पण गर्दा मेसीलाई पहेंलो कार्ड !

म्याराडोनाप्रति गोल समर्पण गर्दा मेसीलाई पहेंलो कार्ड !

  • सोमवार, मंसिर १५ २०७७

  • 1.1K
    SHARES

  • म्याराडोनाप्रति गोल समर्पण गर्दा मेसीलाई पहेंलो कार्ड !

    एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले ला लिगाअन्तर्गत गएराति ओसासुनाविरुद्धको गोल गरे । सो गोल हालै निधन भएका अर्जेन्टिनी महान् खेलाडी डिएगो म्याराडोनालाई समर्पण गरेका छन् ।

    अर्जेन्टिनी टोलीका कप्तानसमेत रहेका मेसीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेसीले गोल गरेपछि खुसियाली मनाउने क्रममा बार्सिलोनाको जर्सी फुकालेर आफूले भित्र लगाएको म्याराडोनाको पुरानो जर्सी देखाए । अनि, उनलाई समर्पण गरेका थिए ।

    सो जर्सी अर्जेन्टिनी क्लब न्युओल्ड ब्वाइजको हो । यो क्लब मेसीको बाध्यकालको क्लब हो ।

    यद्यपि, समर्पण शतप्रतिशत् सुखद भने रहेन , किनकि, मेसीले जर्सी खोलेकोलाई खेलको नियमविपरित मानियो । र, उनलाई रेफ्रिले पहेंलो कार्ड दिए ।

    खेलमा बार्सिलोनाले ४–० को सहज जित निकालेको थियो । ओसासुनामाथिको जितमा मेस्सीसँगै मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए ।

    खेलपछि मेसीले सामाजिक सञ्जालमा आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं‘ लेखेका छन् ।

     


    सोमवार, मंसिर १५ २०७७०१:३०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij