Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ को विशाल जित

दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ को विशाल जित

  • शुक्रवार, भाद्र १३ २०८२

  • 852
    SHARES

  • दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ को विशाल जित

    काठमाडौं । युवराज खत्रीको सानादर बलिङसँगै नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले ९६ रनको जित हात पारेको हो। योसँगै ५ खेलको सिरिज १–१ को स्थितिमा पुगेको छ। पहिलो खेलमा नेपाल नेपाल डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनले पराजित भएको थियो।

    नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन मात्रै बनाउन सक्यो। नेपालका युवराजले सर्वाधिक ४ विकेट लिए। ३.२ ओभर बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए। बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान १ विकेट आफ्नो नाममा लेखाए।

    त्यसअघि एसीए क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।

    पवन सर्राफले २३ बलमा ३ छक्कासहित ३१ रन बनाए। ओपनर देव खनाल ३१, बसिर अहदम २७ र आदिल अन्सारी १४ रनमा आउट हुँदा विवेकले ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनको आक्रामक ब्याटिङ गरेका छन् ।


    शुक्रवार, भाद्र १३ २०८२०३:०४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij