Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

  • बिहिवार, जेठ १५ २०८२

  • 451
    SHARES

  • सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ ।

    आज दिउँसो तीन बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेटपेस गर्दै हुनुुहन्छ ।

    नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । यस वर्ष सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । सोही व्यवस्था बमोजिम अर्थमन्त्रीले आव २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो पौने ३ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
    त्यसअघि प्रतिनिधिसभाको दिउँसो साढे १ बजे हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२÷०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

    त्यसैगरी राष्ट्रियसभाको दिउँसो पौने २ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२÷०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।


    बिहिवार, जेठ १५ २०८२१२:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij