काठमाडौं। विगत केहीदिनदेखी निरन्तर बिजुली जानेक्रम बढेपछी जनजिवन प्रभावित बनेको छ। बिनासुचना झ्यापझ्याप बिजुली जाने र कुनैबेला घण्टौंसम्म पनि नआउने क्रम निरन्तर रहँदा बैशाख जेठको अत्यधिक गर्मिमा जनजिवन प्रभावित मात्रै नभएर कष्टकर नै बनेको छ।
एकातिर बैशाख जेठको गर्मी धुप त अर्कातिर कक्षा ११ सहित विभिन्न तह र संकायको परिक्षा जारी रहेको समयमा लाइन जान थालेपछी विद्यार्थीसँगै पेसा व्यवसायी र आम उपभोक्ता यतिबेला प्रताडीत बनेका छन्। जसकारण कतै अघोषीत लोडसेडिङ नै सुरु भएको त होइन? भन्ने आशंका पनि सुरु भएको छ। तर प्राधीरकण भने विजुली कटौति नै नभएको दाबी गरेको छ।
तत्कालिन समयमा १८ घण्टा बढी समयसम्म कायम रहेको लोडसेडिङ समस्या हटाउँदै छोटो समयमै प्राधीकरणलाई अर्बौ नाफामा पुराएर लोकप्रियता कमाएका कुलमान घिसिङलाई केहि समयमात्रै अगाडी नेपाल विद्युत् प्राधीकरणको नेतृत्वबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दा चौतर्फी आलोचनाको घेरामा परेको सरकार यतिबेला धमाधम विद्युत कटौति हुन थालेपछी विभिन्न आरोपसमेत खेप्न थालेको छ।
बिनासुचना भएको विद्युत् कटौतिले बैशाख जेठको गर्मीको धुपबाट प्रताडीत सर्वसाधरणले सरकार र प्राधीकरणको मिलेमतोमै अघोषित रुपमा लोडसेडिङ सुरु गरिएको भन्दै सामाजीक सञ्जालदेखी चौतर्फी रुपमा आक्रोश पोखेका छन्। भने उपभोक्ताको विद्युत कटौती गरी उद्योगमा दिएर बैकल्पीक क्षेत्र र उद्योगीसँग मिलेमतो गरेकोले लोडसेडिङको मार खेप्नुपरेको आशंका सर्बसाधरण तहमा छ।
अर्कातिर कुलमानको बहिर्गमनलगत्तै बारम्बार लाइन जान थालेपछि फेरि लोडसेडिङको याम सुरु हुन थालेको आशंकामा वैकल्पीक व्यवस्थाको समेत जोहो गर्न थालेका आम उपभोक्ताले प्राकृतिक समस्याले नै विजुली गएपनि सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र प्राधीकरणका कार्यकारी निर्देशक शाक्यविरुद्ध आगो नै ओकल्न थालेका छन्।
पछिल्लो केहिदिनदेखी निरन्तर सामाजीक सञ्जालसँगै सडकदेखी सदनसम्मै विद्युत कटौतिको विरोध हुन थालेको छ भने दिनहुँजसो सांसदहरुले संसद बैठकमै आवाज उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्मा र दुर्गा राईले प्राधिकरणले जनतालाई सूचनै नदिई पटक–पटक लाइन काटेको भन्दै आपत्ति जनाउनुभयो।
गर्मीको समयमा बिनासूचना लाइन काट्दा जनता आहत भइसकेको बताउँदै शर्माले जनताको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभयो। सांसद राईले झ्यापझ्याप विजुलि जानु सरकारको आयुको संकेत हो? भन्ने प्रश्न गर्नुभयो।
यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असिम शाहले बिनासुचना बत्ति काटेकोमा आपत्ति जनाउनुभयो। आफैँ पनि डार्क मोडमा अपरेट भैरहेको सरकारले बत्ती झ्यापझ्याप काटेर पुरा देशलाई नै डार्क मोडमा पु¥याइरहेको भन्दै उहाँले अन्धकारमा जनताले सरकारको अनुहार झलझली याद गरिरहेकोले सचेत रहन चेतावनी दिनुभयो।
यस्तै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले पनि कांग्रेस एमालेको सरकारले छानिछानी जनजातीलाई बलि दिदाँ मुलुकमा लोडसेडिङ सुरु भएको बताउनुभयो। कुलमान घिसिङ र कान्छाराम तामाङ्ग हटाउने कांग्रेसको निर्णयले जनता अध्यारोमा परेको उहाँको आरोप छ।
तथापि प्राधिकरणले भने मुलुकमा लोडसेडिङ कदापि नहुने दाबी गरेको छ। पटकपटक लाइन काँटीदा आम उपभोक्ताले अघोषित लोडसेडिङ सुरु गरेको भन्दै आक्रोश पोखेपछी त्रसित प्राधीकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आकस्मिक पत्रकार सम्मेलन गर्दै मुलुकमा लोडसेडिङ्को समस्या नरहेको ठोकुवा गर्नुभयो।
नेतृत्व फेरिनासाथ लाइन जान थालेको आरोपको खण्डन गर्दै उहाँले यो समयमा प्राकृतिक र मौसमी कारणले हरेकवर्ष विद्युत वितरणमा समस्या आउने गरेको जिकिर गर्नुभयो।
उता उर्जासचिव सुरेश आचार्यले पनि देशमा लोडसेडिङ हुँदै नभएको दाबी गर्नुहुन्छ। पछिल्लो हप्ता प्राकृतिक कारणले केही समय अवरुद्ध मात्रै भएको दाबी गर्दै उहाँले देशमा लोडसेडिङको अवस्था नरहेको र हुनै नदिने जिकिर गर्नुभयो।
प्राधीकरणले जस्तो दाबी गरेपनि अनियमीत तबरले नियमीत रुपमा भैरहेको विद्युत कटौतिले आम उपभोक्ताको जनजिवन प्रभावित भई नै रहेको छ। बैशाख जेठको बढ्दो गर्मीको धुपमा विद्युत काँटीदाँ सर्वसाधरणसँगै, परिक्षा चलिरहेका र अन्य विद्यार्थी, पेसा व्यसायी, दुग्घजन्य पदार्थ उत्पादक किसानदेखी उद्योगी सबै मर्कामा परेका छन्।
अर्कातिर प्राधीकरणको नेतृत्व फेरिएसँगै देखिएका गतिवीधिले आम उपभोक्तामा सरकार र प्राधिकरणप्रति विभिन्न आशंका पैदा भएका छन्। ती आशंकाले कतै फेरी लोडसेडिङको मारमा पर्नुपर्ने त होइन? भन्ने डर पनि उत्पन्न गरेको छ ।
तसर्थ सरकार र प्राधिकरणले भैपरी आउने प्राकृतिक समस्या समाधानका लागी हाइ अलर्टमा रहन र जनआक्रोश चिर्दै गर्मीको समयमा उपभोक्तालाई विद्युत् आपुर्ति नियमीत गर्न गम्भिर बन्न जरुरी छ।