Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा

हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा

  • शनिवार, चैत्र २३ २०८१

  • 686
    SHARES

  • हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुन गइरहेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने खेलका लागि क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    टोलीमा आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करन केसी, शहाब आलम, नन्दन झा, रिजन ढकाल र गुलसन झा परेका छन् ।

    नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी–२०आई टोलीमा फर्किएका हुन् । चार देशीय यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकपको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ।

    टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने छैनन् । सन्दीप शल्यक्रियापछि रिकभर गरिरहेका छन् भने अनिल चोटका कारण टोलीबाहिर छन् । यस प्रतियोगितामा चारवटै टोलीले एकअर्कासँग एक–एकपटक खेलेपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

    क्यानले केही दिनअघि अष्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक अस्टुअर्ट ललाई पुरुषतर्फको क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । तर उनी हङकङमा हुने उक्त सिरिजका लागि उपलब्ध भने हुने छैनन् । नेपाली टोलीका साथ पूर्व कप्तान ज्ञानेन्द्र मल्ल प्रशिक्षकको भुमिकामा रहने क्यानले जनाएको छ ।


    शनिवार, चैत्र २३ २०८१०२:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij