Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तीन करोडभन्दा साना आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोडभन्दा साना आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह

  • बिहिवार, चैत्र १४ २०८१

  • 559
    SHARES

  • तीन करोडभन्दा साना आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । आज संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल भएको छ ।

    मन्त्रालयहरुसँगको छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाहरुको हस्तान्तरण, तीन तहका सरकारबीचको समन्वय र साझेदारीलाई जोड दिनुभयो । प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने उहाँको भनाइ थियो ।

    अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाहरुको समीक्षा गरी संघीय योजनाहरुमा केन्द्रित हुन, कार्यक्रम तथा योजनाहरु रोक्न, घटाउन, समायोजन गर्न, अत्यावशक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समय अनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजनाहरु समावेश गर्न आग्रह गरे । उनले तीन करोड रुपैयाँभन्दा कमका आयोजनाहरु समावेश नगर्न पनि अनुरोध गर्नुभएको छ।


    बिहिवार, चैत्र १४ २०८१०५:३५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij