Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेताहरु लिडर नभएर डिलर भइरहेका छन्ः राजकिशोर यादव

नेताहरु लिडर नभएर डिलर भइरहेका छन्ः राजकिशोर यादव

  • बुधवार, फाल्गुण २८ २०८१

  • 562
    SHARES

  • नेताहरु लिडर नभएर डिलर भइरहेका छन्ः राजकिशोर यादव

    काठमाडौं । जसपा नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले नेपालको राजनीतिमा समस्या विकराल रुपमा देखिएको बताउनुभएको ।

    सरकार जसरी सन्चालन हुनुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने चौतर्फि गुनासो बढिरहेको बताउँदै राजनीति र अर्थतन्त्रमा समस्या बढ्दै गइरहेको दाबी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता यादवले नेताहरु लिडर नभएर डिलर भएको आरोप लगाउनुभयो ।

    जनताको बलमा बनेका नेताहरुले जनतालाई नै बिर्सिएर आफू र आफ्नाको लागि मात्रै गर्ने प्रवृतीले अहिलेको अवस्था उत्पन्न भएको तर्क गर्नुभयो । नेताहरु अब कि सुध्रिनुपर्छ कि भने सकिनुपर्नेमा जोड दिदै उहाँले जवसम्म देश र जनताको हितमा काम हुदैन तवसम्म नेताहरु कुनै पनि हालतमा सफल बन्नै नसक्ने टिप्पणी गर्नुभयो ।

    सरकारमा हुँदा केहि नगर्ने प्रतिपक्षमा जादासाथ विरोधमा उत्रिने पूरानै शैली अहिले पनि दोहोरिरहेकोले जनता अहिले आक्रोशित बनेको नेता यादवको भनाइ छ ।

    जनताका आक्रोशलाई समयमै सम्बोधन गर्ने गरी अब नेताहरु सचेत भएर अगाडि बढ्न सुझाव दिँदै उहाँले यदि यस्तो नभए भोलिको दिनमा अवस्था असामान्य हुने चेतावनी दिनुभयो


    बुधवार, फाल्गुण २८ २०८१०९:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij