Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीप्रति जनताको विश्वास बढ्दै छ: जनार्दन शर्मा

माओवादीप्रति जनताको विश्वास बढ्दै छ: जनार्दन शर्मा

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 664
    SHARES

  • माओवादीप्रति जनताको विश्वास बढ्दै छ: जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब फेरि माओवादीलाई जनताले पहिलाको जस्तै विश्वास गर्ने बताउनुभएको छ ।

    विगतमा जनताले गरेको विश्वास र साथमाथि आफूहरुबाट केहि लापरवाही भएको स्विकार गर्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका उपमहासचिव शर्माले ती सबै कमीकमजोरी र गल्तीलाई सुधार गर्दै अब उस्तै विश्वास जितेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले माओवादी पार्टी जनताको पक्षमा रहेको दाबी गर्दै आगामी निर्वाचनमा पुष्टि हुने समेत बताउनुभएको छ ।

    यहि विश्वास र साथको लागि पार्टीले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको थालनी गरेको समेत उहाँको भनाइ छ ।

    यस्तै हिजोदेखि झापाको केचनकवलबाट सुरु भएको अभियान मोरङ पुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुने पूर्वमन्त्रीसमेत रहनुभएका नेता शर्माले बताउनुभयो । अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी ६ को रमाइलो बजारमा जनसभा हुने कार्यक्रम रहेको छ ।

    आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुने भएको छ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबरा विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।

    जनसभाका लागि माओवादी केन्द्रले ४ वटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर कार्यक्रम गर्दा निस्कने ध्वनीले गर्दा पठनपाठनमा समस्या हुने भएकाले आज १ दिन बिदा गर्न आग्रह गरेको हो ।

    यस्तै, पर्सी १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ । मधेसका सबै जिल्लाहरु सकेर बागमतीको चितवन हुँदै गण्डकीको नवलपरासीमा सन्चालन हुने अभियान लुम्बिनी हुँदै चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ ।

    अभियानको क्रममा मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने लक्ष्य रहेको माओवादीले जनाएको छ ।


    मंगलवार, फाल्गुण १३ २०८१०९:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij