Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरमा पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरमा पक्राउ

  • शनिवार, मंसिर ६ २०७७

  • 1.1K
    SHARES

  • विप्लव समूहका दुई कार्यकर्ता ललितपुरमा पक्राउ

    काठमाडौं । ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । सरकाद्वारा प्रतिबन्धित विप्लव समूहका दुईजना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले गएराति पक्राउ गरेको हो ।

    दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भइ हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भइ हाल बागडोल बस्ने ४१ वर्षीय प्रेमबहादुर दर्नाललाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रहरीकाअनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, मंसिर ६ २०७७०१:१२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij