Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सचिवालय भंग गर्ने नेकपा महासचिवको प्रस्तावमा युवा नेताहरुको साथ

सचिवालय भंग गर्ने नेकपा महासचिवको प्रस्तावमा युवा नेताहरुको साथ

  • बुधवार, मंसिर ३ २०७७

  • 1.4K
    SHARES

  • सचिवालय भंग गर्ने नेकपा महासचिवको प्रस्तावमा युवा नेताहरुको साथ


    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा फेरि १० दिने युद्धविराम जारी भएको छ।

    कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ दिन प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले समय माग गरेपछि नेकपामा १० दिनका लागि युद्धविराम भएको हो ।

    बुधबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपबारे जवाफी प्रस्तावका लागि समय माग गर्नुभएको थियो ।

    प्रचण्डलाई काउन्टर दिन ओलीले सचिवालयमा छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएपछि त्यसको तयारीस्वरुप १० दिनसम्म बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

    श्रेष्ठका अनुसार अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीको प्रस्तावसहित यसअघि सचिवालयमा पेश भएको कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव र अन्य पत्रहरुबारे छलफल हुने भएको छ ।

    आज बसेको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबै सदस्यले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

    अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उहाँले सामूहिक राजीनामाको प्रस्ताव गर्नुभएको हो ।
    बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका महासचिव पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गर्नुभएको हो । तर बैठकले उक्त प्रस्तावबारे कुनै निर्णय भने गरेन ।

    महासचिव पौडेलले आफूहरु असफल भएको भन्दै केन्द्रीय सचिवालय बैठकमा सामूहिक राजीनामा दिउँ भन्ने प्रस्ताव गरेपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

    महासचिवले सचिवालय सदस्यहरुले सामूहिक राजीनामाको प्रस्ताव गरेलगत्तै नेकपाकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले पनि सचिवालय भंग गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।

    ९ सदस्यीय वर्तमान सचिवालय समिति असफल भइसकेको दाबी गर्दै उहाँले यो भन्दा धेरै असफल हुने छुट नेतृत्वलाई नरहेको बताउनुभयो ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ७० आसपास उमेर पुगेका नेताहरुले विश्राम लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    आफूले विश्राम लिएर दोस्रो तहका नेताहरुलाई नेतृत्व सुम्पन तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि अरु नेताहरु पनि तयार रहनुपर्ने चुनौती दिनुभएको थियो ।

    त्यसलगत्तै ओली पक्षधर मानिने महासचिव पौडेलले सचिवालय भंगको प्रस्ताव ल्याउनुभएको हो । तर प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको यो प्रस्ताव राजनीतिक बोली मात्रै भएको विश्लेषक लोकराज बरालको दाबी छ ।

    उहाँले आफ्नो पालो पुगाइसकेका ओलीको उमेर हद सम्बन्धी प्रस्ताव लागु गर्न नेकपाका नेताहरु तयार हुन नसक्ने बताउनुभयो ।

    यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समयमात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनुभएको छ ।

    आजको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अब त्यस्तो प्रवृत्ति नदोहो¥याउन चेतावनी दिनुभएको हो ।

    ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले त्यस्तोे जवाफ दिनुभएको हो ।

    नेता नेपालले केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको कामकारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नपर्ने बताउनुभयो ।


    बुधवार, मंसिर ३ २०७७०७:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij