एजेन्सी । युइएफ नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले साविक विजेता पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गोलो कान्टेले निर्णायक गोल गरे ।
यही समुहको अर्को खेलमा स्विडेनले क्रोएशियालाई २–१ ले हराएको छ । युइएफए नेशन्स लिगकै अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ ले पराजित ग¥यो ।
जर्मनीका लागि टिमो वार्नरले २ गोल गर्दा लेरोए सानेले एक गोल थपे । युक्रेनका यारेम्चुकले खेलमा पहिलो गोल गरेका थिए ।
नेशन्स लिगकै अर्को खेलमा स्पेन र स्विटजरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्विट्जरल्याण्डका लागि रेमो फ्रिउलरले पहिलो गोल गरे ।
तर, स्पेनका जेरार्ड मोरेनोले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए । यो खेलमा स्पेनले दुईवटा पेनाल्टी हान्ने अवसर पाए पनि दुवै अवसरलाई कप्तान सर्जियो रामोसले खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।