Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएलः जनकपुर र कर्णाली आमनेसामने हुँदै

एनपीएलः जनकपुर र कर्णाली आमनेसामने हुँदै

  • बिहिवार, पौष ४ २०८१

  • 482
    SHARES

  • एनपीएलः जनकपुर र कर्णाली आमनेसामने हुँदै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा बिहीबार जनकपुर बोल्ट्स र कर्णाली याक्स मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य जितसहित फाइनल पुग्ने हुनेछ ।

    प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

    आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।

    लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा भने जनकपुरले कर्णालीविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

     


    बिहिवार, पौष ४ २०८१०७:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij