Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

  • आइतवार, मंसिर ३० २०८१

  • 853
    SHARES

  • एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो
    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । आइतबारको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरामाथि ५ रनको जित निकालेको । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।
     
    पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । गौस ठुलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए । अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाए ।
     
    पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए । हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए । उनले त्यस समय ४ बलमा ४ रन बनाएका थिए । थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए ।
     
    दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए । त्यसपछि क्रिजमा आएका दिलीप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए । एघारौं ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए । मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भण्डारीले स्टपीङ गरे ।
     
    छैठौं विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे । राइफरले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । राइफर ठुलो सटको प्रयासमा बाउन्ड्रिमा नरेन साउदबाट समातिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए ।
     
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्‍यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२, ब्राण्डन मक्मुलनले २३ रन बनाए भने इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए । एनपिएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन् । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे भने विनोद भण्डारीले १४ र  हर्मित सिंहले १३ रन जोडे । पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए ।
     
    यो जितसँगै सुदूर ६ खेलबाट १० अंकसहित सुदूर शीर्ष स्थानमा पुगेको छ। सुदूरले लिग चरणको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्ने तालिका छ। पराजित पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिताबाट बिदा भएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा छ । चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजले ८/८ अंक बनाएका छन् ।
     
    आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।


    आइतवार, मंसिर ३० २०८१०४:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij