Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएलमा आज पनि दुई खेल हुँदै

एनपीएलमा आज पनि दुई खेल हुँदै

  • आइतवार, मंसिर २३ २०८१

  • 574
    SHARES

  • एनपीएलमा आज पनि दुई खेल हुँदै

    काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । बिहान नौ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

    जनकपुर तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेलमा पराजित लुम्बिनी तालिकाको पुछारमा छ ।

    यस्तै दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ ।

    एनपीएलमा हिजो भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्‍याे भने सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।   


    आइतवार, मंसिर २३ २०८१०८:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij