Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

  • बिहिवार, मंसिर २० २०८१

  • 534
    SHARES

  • एनपीएल : जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

    काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

    जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुरले बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।
    मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए ।

    यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन जो८ । कप्तान अनिल शाह १ रनमा आउट भए । पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए ।

    माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे । बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।


    बिहिवार, मंसिर २० २०८११२:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij