Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

स्वदेश फर्किए सन्दीप, आगामी तालिका यस्तो

स्वदेश फर्किए सन्दीप, आगामी तालिका यस्तो

  • बिहिवार, कार्तिक २७ २०७७

  • 891
    SHARES

  • स्वदेश फर्किए सन्दीप, आगामी तालिका यस्तो

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

    दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आइपिएलको फाइनलसम्म पुगेका दिल्लीले १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

    क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आइपिएल खेल्न युएई गएका थिए । सन्दीप तीन महिनाभन्दा बढी समयपछि नेपाल फर्किएका हुन् ।

    लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसँग समय बिताउने र त्यसपछि बिग बास लिग (बिबिएल)का लागि अष्ट्रेलिया जाने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् ।

     


    बिहिवार, कार्तिक २७ २०७७०३:११:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij