Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किक हानेर सरकार बाहिर पठाएँ भनेको ओलीको अभिव्यक्तिमा प्रचण्डको काउण्टर

किक हानेर सरकार बाहिर पठाएँ भनेको ओलीको अभिव्यक्तिमा प्रचण्डको काउण्टर

  • बिहिवार, भाद्र २० २०८१

  • 676
    SHARES

  • किक हानेर सरकार बाहिर पठाएँ भनेको ओलीको अभिव्यक्तिमा प्रचण्डको काउण्टर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्नुभएको छ ।

    ओलीले पार्टीको बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि प्रचण्डले पनि ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’ भन्ने जवाफ फर्काउनुभएको छ ।

    प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै प्रचण्डलाई ‘राउन्ड किक’ हानेर सरकारबाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताउनुभएको थियो ।

    सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

    प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

     


    बिहिवार, भाद्र २० २०८१०१:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij