Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी

नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी

  • बिहिवार, श्रावण ३१ २०८१

  • 504
    SHARES

  • नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी

    काठमाडौं । सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ ।

    मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो । त्यसका लागि गृहमन्त्रालयले कुटनीतिक पहल थालेको छ ।

    गृहले परराष्ट्र मन्त्रालयमार्फत नेपालको प्रहरी टोलीलाई मलेसियामा गएर अनुसन्धान गर्न त्यहाँको सरकारसँग पहल गर्नुपर्ने छ । राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन ।

    प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाएर अनुसन्धान गर्न तीन महिनाअघि नै पहल गरेको थियो । तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकियो । केपी ओली सरकार आएपछि प्रहरी प्रधान कार्यालयले गृहमार्फत पुनः पहल गरेको हो । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले तीन महिनाअगाडिकै कुरा अहिले अगाडि बढेको बताउनुभयो।


    बिहिवार, श्रावण ३१ २०८१०३:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij