काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को महिनादेखि सुरु हुने अष्ट्रेलियाको बिग ब्यास लिग टि–२० प्रतियोगिता मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् ।
यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नवीकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने बताएका छन् । तर टोली भने अझै टुङ्गो लागेको छैन ।
नयाँ टोलीसँगको सम्झौता अन्तिम चरणमा पुगेको र केही दिनमा सार्वजनिक हुन सक्ने बुझिएको छ ।