Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

ठमेलको होटलबाट २० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

ठमेलको होटलबाट २० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

  • आइतवार, आषाढ ३० २०८१

  • 1.1K
    SHARES

  • ठमेलको होटलबाट २० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
    काठमाडौं । २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाई भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । 
     
    उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।  ती महिलाले छ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्याण्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
     
    बरामद भएको उक्त कोकिनको मूल्य ​अन्तर्राष्ट्रिय बजार दर अनुसार २० करोड ३७ लाख नेपाली रुपैयाँ हुन आउने परिसरले जनाएको छ ।
     
    काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित १ होटलबाट उक्त लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
     
    पक्राउ परेकी महिलाले लाओस वा थाइल्याण्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्याण्डमा रहेको र पाउने भारतमा रहेको अनुमान प्रहरीको छ ।


    आइतवार, आषाढ ३० २०८१०२:४७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij