Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

व्यासको पुनः मतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्चमा

व्यासको पुनः मतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्चमा

  • बिहिवार, जेठ २४ २०८१

  • 1.5K
    SHARES

  • व्यासको पुनः मतगणना गर्ने उच्चको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्चमा
    काठमाडौं । व्यास नगरपालिकाको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुग्नुभएको छ। एमाले समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका दीपकराज जोशीको रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनः मतगणना गर्ने फैसला गरेको थियो ।
     
    गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनः मतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट सिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो ।
     
    तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुग्नुभएको हो ।
     
    निर्वाचन कसुर तथा ऐन अन्तर्गत उच्चले मुद्दा दर्ता गरेर पहिलो सुनुवाइ भएसँगै त्यसको स्वाभाविक हिसाबले सर्वोच्चमा पुनरावेदन लाग्ने तर उच्चले अर्कै दफा प्रयोग गरेर पुनरावेदन नै नलाग्ने फैसला गरेको आरोप मेयर न्यौपानेको छ ।
     
    २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर न्यौपाने जोशीलाई पराजित गर्दै दोस्रो पटक व्यासको मेयर बन्नुभएको थियो ।
     
    नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँधली भएको भन्दै मत परिणाम रद्द गरेर पुनः मतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हाल्नुभएको थियो।
     
    न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले मत परिणाम रद्द गर्दै १ असार २ गते पुनः मतगणना गर्न आदेश गरेको हो ।
     
    नेकपा एमालेको समर्थनमा व्यासमा मेयरको उम्मेदवार बनेका जोशी नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित हुनुभएको थियो । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गर्नुभएको थियो ।
     


    बिहिवार, जेठ २४ २०८१०४:०६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij