काठमाडौं। सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट पेस गर्दै अहिले कायम रहेको सुनको सीमा विस्तार गरिने बताउनुभयो।
अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो । त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो ।
सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पु¥याएको थियो। अव सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख छैन।