Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल : राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

आईपिएल : राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.0K
    SHARES

  • आईपिएल : राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

    एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल ) टी(ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

    आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

    राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए ।

    कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १र१ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

    यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह सुन्य रनमा आउट भए ।

    राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २र२ विकेट लिए ।पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र, राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

    यस्तै राजस्थानले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

    राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड समेत रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ ।मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाईसकेको छ । यस्तै चेन्नई सुपर किङ्स भने प्ले अफ होडबाट बाहिरीसकेको छ ।

     


    शनिवार, कार्तिक १५ २०७७०६:३२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij