काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने एक मन्त्री र एक राज्यमन्त्रीले आजै शपथ लिने भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो ।
जसपाबाट प्रदीप यादव मन्त्री र हसिना खानले राज्य मन्त्रीको शपथ लिने बुझिएको छ । आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुन लागेको हो ।
जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।