Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

युवा व्यवसायी भट्टद्वारा बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

युवा व्यवसायी भट्टद्वारा बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

  • सोमवार, चैत्र १९ २०८०

  • 1.8K
    SHARES

  • युवा व्यवसायी भट्टद्वारा बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
    काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई युवा उद्यमी तथा पब्लिक फोर के टेलिभिजनका सञ्चालक समेत  रहेका सबिन भट्टले ५०/५० हजार आर्थिक सहयोग गर्नुभएको छ। शनिबार भट्ट आफैले मृतक सुजनका दाइ रणबहादुर राना र वीरेन्द्रकी दिदी सिर्जना सिंहलाई भक्तपुरमा भेटेर सहयोग गर्नुभएको हो।  भट्टले जाजरकोट भूकम्पमा समेत तत्काल लाखौँ बराबरको सरसामान र आर्थिक रकम  सहयोग गर्नुभएको थियो। 
     
    आर्थिक रकम हस्तान्तरण गर्दै गर्दा मृतक परिवारले आश्वासन धेरै आएपनि कार्यान्वयन नभएको  गुनासो गरेका छन् । आर्थिक अभावले थोरै भएपनि परिवारलाई खुसी दिने र सुन्दर भविष्य निर्माण गर्ने भन्दै कोरियाको सपना देखेका राउत र शाहको मृत्यु भएपछि यतिबेला परिवारको आर्थिक अवस्था दयनीय रहेको छ। उनीहरूको परिवारले  गाउँमा कृषि गर्दै अर्मपर्म गरेर जीवन चलाइरहेका थिए।  तर अहिले घरको आशा र भरोसा रहेका छोराकै मृत्यु भएपछि परिवारले छोरा गुमाउनुको पिडासँगै ठुलो आर्थिक चुनौती समेत सामना गरिरहेका छन्। दुवै परिवारलाई निकै ठुलो ऋणको भारी रहेको मृतक परिवारको भनाई छ। सरकारको तर्फबाट राहत स्वरूप १०/१० लाख मात्र प्राप्त गरेको र अन्य सहयोग नभएको पीडित परिवारले बताएका छन्।  ज्यान गएको युवालाई सहिद घोषणा गर्ने र पीडित परिवारको एक/एक सदस्यलाई रोजगारी दिने भनिएपनि आज सम्म कार्यान्वयन नभएको सुजनका दाइ रणबहादुर रानाले बताउनुभयो।  
     
    गत पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनमा सहभागी अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । गत साउनमा कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।


    सोमवार, चैत्र १९ २०८००३:४१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij