Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल : पन्जाबद्धारा हैदराबाद पराजित

आईपिएल : पन्जाबद्धारा हैदराबाद पराजित

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.3K
    SHARES

  • आईपिएल : पन्जाबद्धारा हैदराबाद पराजित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

    दुबईमा शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।

    हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए ।यस्तै विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।

    पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३र३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।
    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

    पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० रन बनाए । मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्ने सकेनन् ।

     


    आइतवार, कार्तिक ९ २०७७०६:२१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij