Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जर्मन बुन्डेसलिगा अन्तर्गत आज पाँच खेल हुँदै

जर्मन बुन्डेसलिगा अन्तर्गत आज पाँच खेल हुँदै

  • शनिवार, कार्तिक ८ २०७७

  • 1.1K
    SHARES

  • जर्मन बुन्डेसलिगा अन्तर्गत आज पाँच खेल हुँदै

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ । साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ । बायर्न घरेलु मैदानमा सहज जित निकाल्न चाहन्छ । दोस्रो स्थानको बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानको आरबी लाइपजिग भन्दा १ अंकले पछि रहेको छ ।

    लिग लिडर लाइपजिगको १० अंक रहेको छ । लाइपजिगले शनिबार नै हेर्था बर्लिनसँग खेल्नेछ । उपाधि दाबेदार अर्को क्लब बोरुसिया डर्टमण्डले साल्केसँग घरेलु मैदानमा खेल्नेछ । डर्टमण्ड साल्केमाथि सहज जितको खोजीमा रहेको छ ।

    लिगको तेस्रो स्थानमा रहेको डर्टमण्डले ९ अंक जोडेको छ ।यस्तै बोरुसिया मन्छेनग्लाडबाखले माइन्जसँग खेल्दा युनियन बर्लिनले फ्राइबर्गसँग खेल्नेछ ।

     


    शनिवार, कार्तिक ८ २०७७०२:५५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij