Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलमा कोलकत्ता र दिल्ली तथा पञ्जाब र हैदराबाद भिड्ने

आइपिएलमा कोलकत्ता र दिल्ली तथा पञ्जाब र हैदराबाद भिड्ने

  • शनिवार, कार्तिक ८ २०७७

  • 1.2K
    SHARES

  • आइपिएलमा कोलकत्ता र दिल्ली तथा पञ्जाब र हैदराबाद भिड्ने

    आइपिएल क्रिकेटमा दुई खेल हुने भएका छन् । आज हुने खेलमा कोलकत्ता र दिल्ली तथा पञ्जाब र हैदराबाद भिड्न लागेका हुन् । पहिलो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकाता आफ्नो ११ औं खेलका लागि मैदान उत्रन लागेका हुन् ।

    दिल्ली र कोलकाताबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा किङ्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा हुँदैछ । दुबईमा पन्जाब र हैदराबाद आफ्नो ११ औं खेलका लागि मैदान उत्रन लागेका हुन् । पन्जाब र हैदराबादबीच खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    यसैबीच गए राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।


    शनिवार, कार्तिक ८ २०७७०२:०१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij