Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई हस्तान्तरण

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई हस्तान्तरण

  • शनिवार, चैत्र ३ २०८०

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम शीर्ष नेतालाई हस्तान्तरण
    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माण गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेको  छ। आज बिहान बालुवाटारमा न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदल र शीर्ष नेताबीच छलफलपश्चात् कार्यदलले शीर्ष नेतालाई मस्यौदालाई अन्तिम रूप दिएर बुझाएको हो। 
     
    कार्यदलका संयोजक एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्नुभएको हो । 
     
    आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल तथा जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यद्वय मनीष सुमन, राजेन्द्र श्रेष्ठ, एसका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललगायत सहभागी हुनुहुन्थ्यो।
     
    गत पुष १० मा एमाले, माओवादी,रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रम सम्पादन गरेर ल्याउने सरकारको तयारी छ। नयाँ सत्ता समीकरण परिवर्तन भएसँगै फागुन २१ मा नीति तथा कार्यक्रमका लागि कार्यदल बनाइएको थियो। एस गठबन्धनमा सामेल भएपछि हमाल र भुसाल थपिनुभएको हो।


    शनिवार, चैत्र ३ २०८००२:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij