Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 1.4K
    SHARES

  • नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिदेशीय टी–२० श्रृंखला
    काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।
     
    नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक इनिङ खेले । एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का बनाएका थिए । उनले १८ औं ओभरमा लगातार २ छक्का र २ चौका प्रहार गर्दै खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
     
    कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । यस्तै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए ।
    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
    नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।
     
    नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे । करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए ।  
     
    नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए । 
    नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको थिएन ।
     


    मंगलवार, फाल्गुण २२ २०८००२:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij