Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको अस्थिरपनमा एमाले–कांग्रेस रुमलिँदै, मुलुक बर्बादीको दिशामा गइरहेको विश्लेषकहरुको दाबी(खास खबर)

प्रचण्डको अस्थिरपनमा एमाले–कांग्रेस रुमलिँदै, मुलुक बर्बादीको दिशामा गइरहेको विश्लेषकहरुको दाबी(खास खबर)

  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.1K
    SHARES

  • प्रचण्डको अस्थिरपनमा एमाले–कांग्रेस रुमलिँदै, मुलुक बर्बादीको दिशामा गइरहेको विश्लेषकहरुको दाबी(खास खबर)

    काठमाडौं । अघिल्लो पटक पुस १० गते बनेको एमाले माओवादी गठबन्धनले पुनः पूर्णता पाएसँगै नेपालको राजनीतिक सरगमी बढेको छ । करिब १ वर्षपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेको कोर्टमा फर्किनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भएको प्रारम्भिक सहमति अनुसार केन्द्रको सरकारको नेतृत्व माओवादीले गर्ने, प्रदेशमा आलोपालो सरकार चलाउने, टिआरसी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । नेपालको राजनीतिमा आएको अस्थिरताका कारण भने नागरिक आजित बनेका छन् । राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले प्रचण्डको रणनीति शक्तिमा बसिराख्ने र परिवार छिमेककालाई मात्रै पोस्ने भएकोले अस्थिरता पैदा भइरहेको बताउनु भयो ।

    विगतका पाठहरु प्रचण्डले आत्मसात गरिसकेकोले केही समयपछि पुनः पुरानै गठबन्धनमा फर्किने कांग्रेसको आशा छ । कांग्रेस नेता कल्याण गुरुङले केही समयमा ठक्कर खाएर प्रचण्ड आफै फर्किने दाबी गर्नुभयो । यता, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रचण्डले जनताको विश्वास गुमाउँदै गएको टिप्पणी गर्नुभयो । अहिलेको अवस्थाको जिम्मेवार स्वयं प्रचण्ड हुने उहाँको भनाइ छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुनुले धेरैले अनपेक्षित भन्दै विरोध जनाइरहेका छन् । ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्दै रास्वपालाई सरकारमा सहभागी भएको भारी गह्रौँ हुने देखिएको छ । तर, रास्वपाका सह–प्रवक्ता रमेश प्रसाईंले काम गर्नमा लागि अवसर पनि आवश्यक पर्ने भन्दै पार्टीको बचाउ गरेका छन् ।

    नेकपा एमालेले टीआरसी विधेयकमा सौदाबाजी गरेको नभइ सिंगो बामएकताको आवश्यकता दर्शाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ । अहिलेको आवश्यकता नयाँ समिकरणकै रहेकोले गठबन्धन बनेको उहाँको दाबी छ ।

    नेपालमा अस्थिर राजनीतिका कारण विकास र समृद्धि ओझेलमा परेका छन् । प्रधानमन्त्री प्रचण्ड स्वयंले आफू रहुञ्जेल मुलुकमा उथलपुथल भइरहने बताउनुभएको छ । देशमा स्थिरता कायम गर्न एमाले कांग्रेसको समिकरण हुनुपर्ने धेरैको चाहना देखिन्छ ।

     

     


    सोमवार, फाल्गुण २१ २०८००८:००:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij