Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्री ओलीको राजीनामा मागेर मात्र हुँदैन, हटाउनै पर्छ’

‘प्रधानमन्त्री ओलीको राजीनामा मागेर मात्र हुँदैन, हटाउनै पर्छ’

  • बुधवार, आषाढ १७ २०७७

  • 966
    SHARES

  • ‘प्रधानमन्त्री ओलीको राजीनामा मागेर मात्र हुँदैन, हटाउनै पर्छ’

    काठमाडौँ । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भनाई र व्यवहारले देशलाई द्वन्द्धमा धकेल्ने काम गरेको भन्दै राजीनामा मागेर मात्रै नपुग्ने बताएका छन् । पछिल्लो पटक पार्टी बैठकबाटै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने आवाज उठिरहेका बेला नागरिक अगुवाहरुले पनि राजीनामा मागेर मात्रै अव नहुने र पदबाट हटाउनै पर्ने बताएका हुन ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्रीको राजीनामको माग मात्रै गरेर नहुने र हटाउनै पर्ने अवस्था आएको दावी गर्नुभयो । उहाँले नागरिक समाजका रुपमा पुराना व्यक्तिहरु नयाँ युवा पंक्ति सडकमा आएकाले प्रधानमन्त्रीलाई अब हटाउन ढिला भइसकेको बताउनुभयो ।

    उहाँले प्रधानमन्त्रीका विषयमा सत्तारुढ नेकपाले सोच्ने समय आइसकेको भन्दै जारी स्थायी कमिटीबाट हुन्छ वा केन्द्रीय कमिटीले नै बोलाएर भएपनि हटाउनुपर्ने र नहटाए देश चाँडै द्वन्द्धको मुखमा पुग्ने दावी गर्नुभयो । ओलीलाई भारतले नभएर नेपाली जनतालेनै हटाउन खोजेको दिक्षितको भनाइछ ।

    उहाँले भन्नुभयो,‘ओलीको बुद्धी नै भ्रष्ट भइसकेको छ । उहाँले षडयन्त्र भन्दा अरु केहि गर्न सक्नुभएन । नेकपाले कसरी हटाउने हो तर, हटाउनुपर्छ । भारतसँगको सम्बन्ध विगारी सकेर युद्धको अवस्थामा पुर्याए । सम्बन्ध खराव भयो । एउटा भारतीय कर्मचारीले होटलमा गएर कुरा गर्दा ओलीको कुर्ची हल्लीयो । एउटा सार्वभौम देशकोप्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीको कुरा यसरी गर्न मिल्दैन । उनिसँग अब भारतले कुरा गर्दैन ।’



    बुधवार, आषाढ १७ २०७७११:३९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij