Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक दिवसीय र टी-ट्‌वान्टी सिरिजका लागि इङ्ल्यान्ड टोली नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने

एक दिवसीय र टी-ट्‌वान्टी सिरिजका लागि इङ्ल्यान्ड टोली नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.2K
    SHARES

  • एक दिवसीय र टी-ट्‌वान्टी सिरिजका लागि  इङ्ल्यान्ड टोली नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने

    एजेन्सी । इङ्ल्यान्ड क्रिकेट टालीले एक दिवसीय र टी-ट्‌वान्टी क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिका टुर गर्ने पक्का भएको छ । दक्षिण अफ्रिकी सरकारले एकदिवसीय तथा टी-ट्‌वान्टी सिरिजका लागि अनुमति दिएपछि सिरिज पक्का भएको हो । 

    दक्षिण अफ्रिका भ्रमणका क्रममा इङ्ल्यान्डले समान तीन-तीन टी-ट्‌वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । दुवै टोलीले सुरुमा टी-ट्‌वान्टी सिरिज खेल्नेछन् । टी-ट्‌वान्टी सिरिज २७ नोभेम्बरबाट सुरु हुनेछ । सिरिजका सबै खेल बिनादर्शक बन्द रंगशालामा हुनेछन् । सिरिज लागि इङ्ल्यान्ड टोली नोभेम्बर १६ मा दक्षिण अफ्रिका पुग्नेछ । 

    कोरोना महामारीपछि इङ्ल्यान्डले तीनवटै फर्म्याटको क्रिकेट खेले पनि दक्षिण अफ्रिकाका लागि भने यो पहिलो हो । दक्षिण अफ्रिकाले कोरोना महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । यसअघि दक्षिण अफ्रिकाले घरेलु खेलाडीलाई नै तीन समूहमा बाढेर क्रिकेट प्रतियोगिता खेलेको थियो ।

    दक्षिण अफ्रिकी सरकारले इङ्ल्यान्डलाई कोरोना संक्रमणको उच्च जोखिम मुलुकका रुपमा राखेका कारण यसअघि यी दुईबीचको क्रिकेट श्रृंखला अन्योलमा थियो । तर, हाल दुवै देश सहमत भएपछि इङ्ल्यान्ड टोली दक्षिण अफ्रिका भ्रमणमा जाने पक्का भएको हो ।

    तीन खेलको टी-ट्‌वान्टी सिरिजपछि यी दुई टोलीबीच तीन खेलको एकदिवसीय सिरिज सुरु हुनेछ । एकदिवसीय सिरिजलाई सन् २०२३ मा भारतमा हुने विश्वकपको छनोटको मान्यता दिएको छ । एकदिवसीय सिरिज ४ डिसेम्बरबाट सुरु हुनेछ ।

     


    बिहिवार, कार्तिक ६ २०७७०२:५४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij