Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राजनीतिक दल र निश्कलंक नेताहरूमाथि हिलो छ्यापिँदा व्यवस्थामाथि नै प्रश्न, सत्तारुढ दलकै सांसदहरूको आक्रोश (खासखबर)

राजनीतिक दल र निश्कलंक नेताहरूमाथि हिलो छ्यापिँदा व्यवस्थामाथि नै प्रश्न, सत्तारुढ दलकै सांसदहरूको आक्रोश (खासखबर)

  • बिहिवार, फाल्गुण १० २०८०

  • 703
    SHARES

  • राजनीतिक दल र निश्कलंक नेताहरूमाथि हिलो छ्यापिँदा व्यवस्थामाथि नै प्रश्न, सत्तारुढ दलकै सांसदहरूको आक्रोश (खासखबर)
    काठमाडौं । पछिल्लो समय बढ्दै गएको भ्रष्टाचार, बेथिति र कुशासनका कारण व्यवस्थामाथि नै गम्भीर प्रश्न उब्जिन थालेको छ । राजनीतिक दलका नेताहरूको प्रवृत्तिका कारण सडक र सदनमा आवाज उठ्न थालेको छ । व्यवस्थाका विरुद्ध आवाज उठाउँदै आएको राप्रपा र राष्ट्रिय जनमोर्चालाई सत्तारुढ दलकै सांसदहरूले समेत पछिल्लो अराजक प्रवृत्तिविरुद्ध बोल्दा थप ढाडस मिलेको छ । 
     
    नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले अहिले भइरहेका गतिविधि राम्रो बाटोमा नगएको दाबी गर्नुभएको छ । निकै निराशाजनक रुपमा संसद्मा प्रस्तुत हुनुभएका डा. भण्डारीले अहिलेको संघीय संरचना र मन्त्रीहरूको दलबलविरुद्ध आवाज उठाउनुभएको थियो । जनताले बोकेको आशा निराशातर्फ गएको बताउँदै उहाँले देश गरिब हुनुमा अहिलेको आचरणले प्रभाव पारेको बताउनुभयो । 
     
    राजनीतिमा लागेका कैयौँ व्यक्तिहरू अस्वाभाविक रुपमा धनी बन्दै जाने र जनता थप विपन्नताको चपेटामा पर्ने गरेका कारण व्यवस्थामाथि प्रश्न उब्जिँदै गएको छ । भ्रष्टाचारको शृङ्खलालाई  हेर्दा उदेक लाग्दो छ । विभिन्न काण्डहरू सतहमा आउने तर पटाक्षेप नहुने गरेका कारण सरकारमाथिको प्रश्न कायम नै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशम्शेर राणाले पनि अब गाडी परिवर्तन गर्ने बेला भएको दाबी गर्नुभएको छ । जनताले गरेको आशा बालुवामा पानी भएकोले राष्ट्र र राष्ट्रियता बचाउन व्यवस्था परिवर्तनको विकल्प नरहेको उहाँको भनाइ छ । 
     
    राजनीतिक विश्लेषक गोविन्दमानसिंह कार्कीले १० वर्षे सशस्त्रद्वन्द्वबाट आएको माओवादी केन्द्रसँग केही आशा भएपनि हाल निराशामा परिणत भएको बताउनु भयो । कांग्रेस र एमालेको हविगत त २०४६ पछि नै देखिसकिएको उहाँको भनाइ छ ।
     
    नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्षमात्रै हुँदा व्यवस्थाका विरुद्ध आवाज उठिरहेका बेला राजनीतिक नेतृत्व सक्षम बन्न सकिरहेको छैन । अस्थिर राजनीतिक प्रणालीका कारण सबै आफ्नै दुनो सोझ्याउनतर्फ लाग्ने गरेकोले मुलुक विकास र समृद्धितर्फ अघि बढ्न सकिरहेको छैन । अहिले हरेक पार्टीमा नेतृत्वको कार्यशैलीप्रति निराशा छाएको देखिन्छ । 
     
     


    बिहिवार, फाल्गुण १० २०८००७:५७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij