Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फिफा वरियतामा नेपाल यथा स्थानमा

फिफा वरियतामा नेपाल यथा स्थानमा

  • बिहिवार, कार्तिक ६ २०७७

  • 2.3K
    SHARES

  • फिफा वरियतामा नेपाल यथा स्थानमा

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।

    कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। तर, नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ।

    नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन्। 


    बिहिवार, कार्तिक ६ २०७७०२:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij