Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीसहित तीनैजना छुट्ने पक्का

बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीसहित तीनैजना छुट्ने पक्का

  • मंगलवार, माघ २३ २०८०

  • 529
    SHARES

  • बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीसहित तीनैजना छुट्ने पक्का

    काठमाडौं । नेपालमा सानालाई ऐन, ठूलालाई चयन भन्ने शब्द सबैका जिब्रोमा झुण्डिएको हुन्छ । शक्ति र सत्ताको आडमा ठूला घरानाका भनिएका व्यापारीहरु प्रहरी हिरासतमा नपुग्दै बिरामी हुन्छन् र अस्पतालको शैयाबाट थुनामुक्त गरिन्छ ।

    बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हाजिरी जमानी छुट्ने लगभग पक्का देखिएको छ ।

    मंगलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । चौधरीसहित तीनै जना ५ दिनअघि पक्राउ परेका थिए । अदालतले पहिलो पटक ४ दिन र दोस्रो पटक २ दिनको समय दिएको थियो । दुई दिनको म्याद बुधवार सकिँदै छ ।

    प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ । तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ ।

    सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ ।

    बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।


    मंगलवार, माघ २३ २०८००२:००:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij