Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समकालीन नेपाली राजनीतिको प्रतिभाशाली नेता केपी ओली : विद्यादेवी भण्डारी

समकालीन नेपाली राजनीतिको प्रतिभाशाली नेता केपी ओली : विद्यादेवी भण्डारी

  • मंगलवार, माघ १६ २०८०

  • 779
    SHARES

  • समकालीन नेपाली राजनीतिको प्रतिभाशाली नेता केपी ओली : विद्यादेवी भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताको रूपमा चित्रण गर्नुभएको छ ।

    मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताउनुभयो । ओलीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    यो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकासमेत उजागर गरेको भण्डारीले बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने उल्लेख गर्नुभयो ।


    मंगलवार, माघ १६ २०८००४:५०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij