Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार ढाल्ने रणनीति फेल हुने सत्तागठबन्धन दलका नेताहरूको दाबी, एमाले सत्ता मोहमा प्रताडित (खास खबर)

सरकार ढाल्ने रणनीति फेल हुने सत्तागठबन्धन दलका नेताहरूको दाबी, एमाले सत्ता मोहमा प्रताडित (खास खबर)

  • आइतवार, माघ ७ २०८०

  • 840
    SHARES

  • सरकार ढाल्ने रणनीति फेल हुने सत्तागठबन्धन दलका नेताहरूको दाबी, एमाले सत्ता मोहमा प्रताडित (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि चौतर्फी प्रहार भइरहेको बताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि खुलेआम सरकार ढाल्ने रणनीति लिएर उभिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सरकारका विरुद्ध जुनसुकै बेला हडताल गर्नुपर्ने भन्दै तयार रहन पार्टीपंक्तिमा निर्देशन गरिसक्नुभएको छ । उता, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालपनि यो गठबन्धनबाट मुलुक पार नलाग्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसकेको आवाज उठिरहेका बेला नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्मा भने एमालेले प्रतिपक्षीमा बस्नुपरेको पीडा उछालिरहेको बताउनुहुन्छ । आजको दिनमा सरकार ढाल्ने कुनै कारण नभएको उहाँको दाबी छ ।
     
    मुलुकमा संघीयता आइसकेपछि बनेका सरकार दुई वा दुई भन्दा बढी दल मिल्नुको विकल्पमा छैनन् । राजनीतिक रुपमा बाँझिने महत्त्वाकाङ्क्षाका कारण पनि सरकार स्थिर बन्न सकेको छैन । अहिले बनेको गठबन्धनमा पनि विभिन्न महत्त्वाकाङ्क्षा बोकेका दलहरूको हाबी रहेको छ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरूको क्षमताका आधारमा मूल्यांकन भइरहेको बताइरहँदा क्याबिनेटमा फेरबदल भएपनि गठबन्धनमा परिवर्तन हुने सम्भावना कम छ । कुनै व्यक्तिले आवेगमा आएर बोलेको कुराले सिंगो तालमेल नभत्किने उहाँको विश्वास छ । 
     
    नेकपा एमाले कुनैपनि हालतमा यो गठबन्धनलाई भत्काएर नयाँ समीकरण गर्ने दाउमा जुटेको छ । यद्यपि एमालेका लागि त्यो अवस्था सहज भइसकेको छैन । एमाले सचेतक महेश बर्तौलाले यो गठबन्धन चारकिल्ला बाहिरबाट बनेकोले भत्काउन आवश्यक रहेको दाबी गर्नुभएको छ । 
     
    नेपालमा लामो समयसम्म स्थिर सरकार नरहने रोग नै हो । विभिन्न कारण देखाएर सरकार ढाल्ने र अर्को समीकरण निर्माण हुने चलन व्याप्त नै रहिआएको छ । जसका कारण देशी विदेशी तत्त्वले चलखेल गर्न पाइरहेका छन् । मुलुकको विकास र  समृद्धिका लागि त राष्ट्रिय एकताको नै खाँचो रहेको छ । 
     


    आइतवार, माघ ७ २०८००७:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij