Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप : बागमती प्रदेशद्वारा कोशी प्रदेश ६४ रनले पराजित

प्रधानमन्त्री कप : बागमती प्रदेशद्वारा कोशी प्रदेश ६४ रनले पराजित

  • शुक्रवार, माघ ५ २०८०

  • 565
    SHARES

  • प्रधानमन्त्री कप : बागमती प्रदेशद्वारा कोशी प्रदेश ६४ रनले पराजित

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रनमा समेटिएको हो ।

    सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक प्रहार गरे । थपलियाले ५९ र सुवेदीले ५३ रन बनाए । सोनु अन्सरीले २१ र आइस भट्टराईले अविजित ३२ रनको योगदान दिए ।

    बलिङमा बागमतीका इशान पाण्डेले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका इशानले ३९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले २, रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिए ।

    टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनाएको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सतक प्रहार गरेका थिए । उनी १११ बलमा ११८ रन बनाएर आउट भएका थिए । कप्तान रित गौतमले ४९, रबिन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रनको योगदान दिए ।

    बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले ३, कमल खत्री र हेमन्त राईले २(२ र फिर्दोश अन्सरीले १ विकेट लिएका थिए ।


    शुक्रवार, माघ ५ २०८००४:४६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij