काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले ट्विट गर्दै आज पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताउनुभएको छ।
मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो ।