Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

  • मंगलवार, पौष २४ २०८०

  • 738
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरूको बैठक बोलाउनुभएको छ ।
     
    राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाइएको सत्तारुढ दलका एक नेताले बताउनुभयो ।
     
    उहाँका अनुसार गठबन्धनका दलहरूबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।
     
    राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
     
    निर्वाचन आयोगले १९ सांसदका लागि ११ माघमा निर्वाचनको मिति तोकेको छ ।


    मंगलवार, पौष २४ २०८००५:०१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij