Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न

नेपाल–भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न

  • बिहिवार, पौष १९ २०८०

  • 788
    SHARES

  • नेपाल–भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न

    काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

    संयुक्त आयोगको बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो ।

    उहाँले भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्ध बारे छलफल भएको बताउनुभएको हो ।


    बिहिवार, पौष १९ २०८००३:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij