Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images
खासखबर

बालकुमारी घटना : अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्ने, राज्यको ज्यादतीप्रति नागरिक समाजको आपत्ति

बालकुमारी घटना : अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्ने, राज्यको ज्यादतीप्रति नागरिक समाजको आपत्ति

  • आइतवार, पौष १५ २०८०

  • 603
    SHARES

  • बालकुमारी घटना : अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बन्ने, राज्यको ज्यादतीप्रति नागरिक समाजको आपत्ति

    काठमाडौं । सरकारले बालकुमारी घटनाको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेपनि काठमाडौंलगायत देशका विभिन्न जिल्लामा आन्दोलन घोषणा भएका छन् । आज सुर्खेतको राजधानी विरेन्द्रनगरमा मृतक सुजन रावत र विरेन्द्र शाहका परिवारलाई उचित क्षतिपूर्तिसहित परिवारका सदस्यहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा बोल्दै स्थानीय नविन योगीले सोमबारदेखि थप सशक्त रुपमा प्रदर्शनमा उत्रिने घोषणा गर्नुभएको थियो ।

    यता, नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता कुवेर कडायतले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने दाबी गर्नुभएको छ । सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरिसकेकोले त्यहाँबाट आउने निष्र्कषका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताउँदै उहाँले घटनामा संलग्न भनिएका प्रहरी अधिकारी निलम्बनमा परिसकेको जानकारी दिनुभयो ।

    नेपाली कांग्रेसका नेता एवं सांसद बद्री पाण्डेले विदेश गएर रोजगारी गर्छु, कमाउछुँ भन्ने युवालाई राज्यले सहज वातावरण मिलाइदिनुपर्ने बताउनुभयो । राज्य प्रतिशोधमा उत्रेर पीडितलाई थप पीडा दिन नमिल्ने उहाँको भनाइ थियो ।

    अधिवक्ता एवं सामाजिक अभियन्ता स्वागत नेपालले मन्त्रीको गाडी घटनास्थल पुग्नुअघिनै प्रहरीले परिक्षार्थीमाथि ज्यादती गरेको आरोप लगाउनुभयो । उहाँले निहत्था सर्वसाधारणमाथि राज्यको दमन गलत भएको स्पष्ट पार्नुभयो ।

    नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राज्यले दुईजनाको हत्या गरेको बताउँदै उनीहरुका परिवारलाई उचित क्षतिपूर्तिको परिपूरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राज्यकै उच्चपदस्थहरुबाट गलत भएको बताउँदै उहाँले दोषीलाई कुनै हालतमा छोड्न नमिल्ने तर्क गर्नुभयो ।

    कुनैपनि नागरिकको अभिभावक राज्य हो, राज्यनै दुश्मन बनेपछि नागरिकको सुरक्षा ग्यारेन्टी कसले गर्ने ? प्रहरीसँग प्रशस्त विकल्प हुँदाहुँदै सीधै गोली चलाउने आदेश कहाँबाट कसरी गयो ? तालूकदार मन्त्रालय किन मौन बनेको छ ? त्यही बाटो भएर गएका मन्त्रीको दोष कति ? यी र यस्तै प्रश्नहरुमा सरकार नाजवाफ बन्दा धेरैमा निराशा छाएको छ ।

     


    आइतवार, पौष १५ २०८००७:५८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij