Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

धन कमाउने सपना बोकेका युवाहरूमाथि सरकारको दमन, संवेदनशीलता नअपनाइएको भन्दै चौतर्फी आलोचना (खास खबर)

धन कमाउने सपना बोकेका युवाहरूमाथि सरकारको दमन, संवेदनशीलता नअपनाइएको भन्दै चौतर्फी आलोचना (खास खबर)

बन्दुकको नालले मुलुक नचल्ने चेतावनी 
  • शनिवार, पौष १४ २०८०

  • 607
    SHARES

  • धन कमाउने सपना बोकेका युवाहरूमाथि सरकारको दमन, संवेदनशीलता नअपनाइएको भन्दै चौतर्फी आलोचना (खास खबर)
    काठमाडौं । रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै आन्दोलित बनेका परीक्षार्थीहरूमाथि राज्यले दमन गर्दा दुईजनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । ललितपुरको बालकुमारीमा जम्मा भएका परीक्षार्थीहरूको माग थियो धन कमाउन र गरिबी हटाउन कोरिया जान पाउँ । अर्को माग थियो, हामीले पठाएको रेमिट्यान्सले देश चल्न सकोस् । तर, यहाँका कन्सल्टेन्सीहरूलाई पाल्नका निम्ति कुनै एक क्षेत्रमा परीक्षा दिएकाहरूलाई अर्को क्षेत्रमा एक वर्षसम्म परीक्षा दिन नपाउने नियमका कारण विद्यार्थीहरू आन्दोलित बन्नुपर्‍यो ।
     
    विश्वका १६ देशहरूबाट कोरिया जान्छन्, तर १५ देशमा नेपालको जस्तो नियम छैन । नेपालमा मात्रै गलत अभ्यास भइरहेको बताउँदै सामाजिक अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिकहरूले कमाउन जान्छु भन्दा पनि राज्य दुस्मन बनेको बताउनुभयो । 
     
    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र परराष्ट्रविद् हेमराज कार्कीका अनुसार राज्यले संवेदनाहीन व्यवहार प्रस्तुत गरेको बताउनुभयो । दुईजना मान्छेको हत्या भएपछि नियम परिवर्तन हुने अवस्था आएको न्यौपानेको भनाइ थियो । परराष्ट्रविद् कार्कीले नेपालको गरिबी विश्वमाझ एकपटक पुनः झल्किएको बताउनुभयो । 
     
    माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले अराजक भिडलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको दाबी गर्नुभयो । मन्त्री र पिएसओको सुरक्षाका लागि पनि प्रहरी बाध्यतामा परेको हुनसक्ने बताउँदै उहाँले छानबिनपछि यथार्थ  बाहिर आउने आशा व्यक्त गर्नुभयो । 
     
    नेपाल प्रहरीका पूर्व डिआइजी  हेमन्त मल्लका अनुसार प्रहरी पनि संवेदनशील हुन नसक्दा घटना भएको देखिन्छ । यता, राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले देशको दूरदराजबाट आएका नागरिकमाथि राज्यको निरीह कदमले सबैलाई स्तब्ध तुल्याएको बताउनुभयो । 
     
    श्रम मन्त्रालयअन्तर्गतको इपिएस शाखाले गत साउन २० देखि कोरियाको पानीजहाज निर्माण क्षेत्रमा काम गर्न जान चाहने श्रमिकका लागि भाषा परीक्षाको आवेदन खुलाएको थियो । अनलाइन तथा अफलाइन माध्यमबाट ३३ हजार दुई सय एक पुरुष र दुई हजार दुई सय ७७ महिला गरी ३५ हजार चार सय ७८ जनाले आवेदन दिए । एचआरडी सर्भिस अफ कोरियाले गत असोजदेखि मंसिरसम्म लिएको पहिलो चरणको भाषा परीक्षामा ३२ हजार पाँच सय सात परीक्षार्थी सहभागी भए । उत्तीर्ण भने चार हजार ९८ मात्रै भए ।
     
    जहाज निर्माण क्षेत्रमा जाने श्रमिकको परीक्षा समाप्त भएपछि इपिएस शाखाले गत २ पुसदेखि कोरियाको उत्पादन क्षेत्रको कामका लागि आवेदन खुलायो । तर, पानीजहाज निर्माण क्षेत्रमा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाले भने आवेदन दिन नपाइने सूचना जारी ग¥यो । यही विषयमा विवाद चर्किँदा दुई युवाको ज्यान गएको हो । 
     


    शनिवार, पौष १४ २०८००७:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij