काठमाडौं । बक्यौता रकम नतिर्ने उद्योगहरूको लाइन क्रमशः काट्दै लगिने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । बिहीबार(आज) प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगहरूको बिजुली विच्छेद गर्दै जाने रणनीति प्राधिकरणको रहेको प्रस्ट्याउनुभएको हो।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०६० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको र यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता रहेको छ ।
प्राधिकरणका अनुसार ९ वटा ठूला उद्योगको लाइन विच्छेद्य गरिएको छ । पटकपटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद्य गर्न सुरु गरेको थियो ।