काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन्।
४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।
भुसालले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने टिप्पणी गरे।
उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भने पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन्। कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिकटन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ। जो दिनदिनै आउनेछ।’