Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२ जना नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

२ जना नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

  • बुधवार, पौष ११ २०८०

  • 1.3K
    SHARES

  • २ जना नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ
    काठमाडौं । २ जना नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो। 
     
    चितवनको भरतपुर महानगरपालिका–१९ हुलाको चोक बस्ने ४० वर्षीय कृष्ण थापा र रत्ननगर–१२ जिरौना बस्ने  ३५ वर्षीय दीपेन्द्र महत रौतहट जाने भन्दै पुस ५ गते, बिहान १० बजेतिर मोटरसाइकलमा निस्किएका थिए। घरबाट निस्किएको २ दिनपछि पुस ७ गते, राति ८ बजेतिर कृष्ण थापाले फेसबूक  म्यासेन्जरमार्फत् श्रीमतीलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए। 
     
    अपहरणकारीले ६ लाख रुपैयाँ मागेको भन्दै कृष्णले फोन गरेपछि उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय चितवनमा मौखिक उजुरी दिएकी थिइन्। चितवन प्रहरीले अपहरणमा परेको घटनाबारे रौतहट प्रहरीलाई जानकारी दिएको थियो। 
     
    त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय प्रहरीसँग समन्वय गरी अपहरणमा परेकाहरूको खोजी सुरु गरेको थियो। रौतहट प्रहरीले दिएको सूचनाका आधारमा भारतीय प्रहरीले छापा मारी पुस १० गते, कृष्ण र दीपेन्द्रलाई बिहारको सितामढीबाट सकुशल उद्धार गरेको थियो। 
     
    अपहरणमा परेकाहरूलाई भारतीय प्रहरीले रौतहट प्रहरीको जिम्मा लगाइसकेको छ। स्वास्थ्य परीक्षणपछि उनीहरू घर गइसकेका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। 
     
    अपहरणको आरोपमा भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिहार राज्यअन्तर्गतको सितामढी जिल्लाको थाना डुम्रा मेहसोल–२७ बस्ने मोहम्मद अकबर, मोहम्मद नइम, कौसर अली, मौहम्मद सदाब, मोहम्मद इरसाद र सितामढीकै बथ्रनाह थाना–३ टन्डसपुरका ३३ वर्षीय नरेश राम छन्।  
     
    भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । 
     


    बुधवार, पौष ११ २०८००४:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij