Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणको उच्चमा बहस सकियो, भोलि आदेश आउने

नक्कली शरणार्थी प्रकरणको उच्चमा बहस सकियो, भोलि आदेश आउने

  • बिहिवार, मंसिर १४ २०८०

  • 628
    SHARES

  • नक्कली शरणार्थी प्रकरणको उच्चमा बहस सकियो, भोलि आदेश आउने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।

    न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको हो। बिहीबार प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस सकेका छन्।

    बहस सकिए पनि मुद्दा हेर्दाहेर्दैमा राखिएकोले आदेश भोलि शुक्रबार मात्र आउने अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

    उनीहरूले आफ्ना पक्षलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा नराख्न माग गर्दै काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश खारेजीको माग गरेका छन्।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो।

    धरौटीमा छाडिएकामध्ये दुई जनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।


    बिहिवार, मंसिर १४ २०८००५:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij