काठमाडौं। आज बल्खुमा प्रदर्शनमा उत्रिनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिनु भएको छ । बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो सुझाव दिनु भएको हो ।
उहाँले भन्नुभयो,‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु। तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्।हिजो यिनै जनताले पुयाएका हुन् त्यो ठाउँमा।’ उहाँले थप्नुभयो,’यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ। यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो।’
यस्तै प्रसाईले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताउँदै उहाँले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको दाबी गर्नुभयो ।